कलाकार तथा निर्देशक दीपाश्री निरौलाले केहीदिन अघि मात्रै परिवारसँग एउटा फोटो शुट गरेकी छिन् । उनले विराटनगरबाट काठमाडौं आएको परिवारसँग सम्झनाका लागि केही तस्बिरहरु खिचाएकी हुन् । दीपाका पाँचजना दिदी बहिनी र दुई जना भाई छन् । सात जना भाई बहिनी भएका कारण पनि दीपा आफूहरुलाई लक्की सेभेन भन्न रुचाउँछिन् । दीपाश्री साईँली छोरी हुन् । दीपाश्रीका बुवा विराटनगरमा बस्छन् । तर दीपाश्रीलाई भेट्नको लागि बेलाबखतमा काठमाडौं आइरहन्छन् । यस पटक पनि उनी काठमाडौं आएको बेलामा हामीले उनीसँग कुराकानी गर्न पाएका हौँ । कुराकानीका क्रममा उनले आफ्ना छोराछोरीसँग बसेर निकै रमाईलो गरेका छन् । परिवारसँगको बसाईमा दीपाश्रीको विवाहको प्रसंग निस्किँदा उनका माइला भिनाजलुे भने, ‘उनी यसरी नै रमाई रहेकी छिन् । उनलाई हामीले विवाहको लागि दबाव दिने भन्दा पनि उनी जसरी खुशी हुन्छिन् त्यसरी नै जिन्दगी बिताउन भन्ने चाहान्छु । दीपाकी माइली दिदीले पनि आफ्ना श्रीमान्को कुरामा सहि थापिन् । तर दीपाका बुवाले भने छोरीको विवाह भैदिए हुन्थ्यो जस्तो लाग्ने बताउँदै भने, ‘उसले औलको स्यालसँग विवाह गर्दिन भन्छे त्यसका लागि लेकको बाघ आउँदैन ।’ उता उनकी जेठी दिदीले ठट्टा गर्दै भनिन्, ‘अब त बुबाले यसको ब्रतबन्ध गरिदिने रे ।’ उज्यालाे