कहिले समय अभाव त कहिले कलाकारले भाउ नदिदा पनि यस्तो हुने गरेको देखिएको छ । यस्तै भयो नायक अजुर्न कपुर र शाहिद कपुरबीच पनि । बलिउडमा पनि फिल्ममा सुरुवातमा एउटा नायकको चर्चा र त्यसपछि अर्को नायक अनुबन्धित हुनु नौलो रहेन ।

निर्माण पक्षसंग उनले अजुर्न फिल्ममा काम गर्ने भए आफुले फिल्मबाट हात झिक्ने अडान लिएपछि निर्माण टिमले बाध्य भएर निर्देशकको चाहाना अनुरुप शाहिदलाई लिएका छन् । सन्दिप शाहिद बिना एक पाईला अघि नबढेपछि अन्तत यो सुपरहिट फिल्मको हिन्दी रिमेक अजुर्नको हातबाट फुत्किएको छ ।

साउथको चर्चित फिल्म “अजुर्न रेड्डी” फिल्मको हिन्दी रिमेकमा अजुर्न लगभग फाईनल भईसकेका थिए तर साउथ फिल्मका निर्देशक सन्दिप रेड्डले अजुर्नसंग काम गर्न चाहेनन् ।

तर अजुर्नलाई फिल्मबाट निकालिएको कुरा उनलाई नै निर्माण युनिटले थाहा नदिएको रहेछ । जसको चर्चा यतिबेला निकै भईरहेको छ । यतिबेला यही कारणले शाहिद र अजुर्नबीच पो सम्बन्ध बिग्रन्छ की भन्ने चिन्ता उनीहरुका प्रशंकहरुमा देखिएको छ । एजेन्सीको सहयोगमा