काठमाडौं/ यहि बैशाख १४ गतेदेखी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ले राजधानीमा बिज्ञापनको लागि ४ दिन यात्रुहरुलाई बस सेवा गराउने भएको छ । चलचित्र प्रचार–प्रसार तथा बिज्ञापनको लागि भन्दै नायिका केकी अधिकारीले काठमाण्डौको रिङ रोडमा ४ दिन यात्रुहरुलाई सित्तैमा यात्रा गराउने भएकी छिन् ।

विगत ५ वर्ष देखी प्रेममा रहेकी नायिका अधिकारीले यसै बैशाखभित्र विबाह गर्ने एक सुत्रले जानकारी दिएको छ । उनले निमार्ण गरेको चलचित्र कोहलपुर एक्सप्रेस पहिले विबाह नगर्ने बुझिएको छ । राजधानीकै घरआना भएका प्रेमीसँग घर परिवारको सहमतिमा विबाह गर्ने बुझिएको छ ।