जेठ ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ब्ल्याक’मा उच्च भीएफएक्स प्रयोग गरिएको निर्देशक प्रदिप श्रेष्ठले बताएका छन् । उनले भने-‘छायांकनमा जति खर्च र मिहिनेत भयो, त्यो भन्दा बढी त प्राविधिक रुपमा नै जुध्न पर्‍यो । चलचित्रका दृश्यलाई भीएफएक्स गर्न मात्र १ बर्ष लाग्यो ।’ अन्तरराष्ट्रिय स्तरमै नेपाली चलचित्रको स्तरको झल्को दिने गरि काम भैरहेको उनले दाबी समेत गरेका छन् । निर्देशक श्रेष्ठले चलचित्रको आधा बजेट भीएफएक्समै खर्च भएको बताए ।

नेपाली चलचित्रका मेकरहरु अहिले उत्कृष्ट चलचित्र बनाउनतर्फ जोड दिइरहेका छन् । पटकथा र संवादमा अझै कमजोर रहेको नेपाली चलचित्र प्राविधिक पाटोमा भने बेजोड देखिन थालेको छ ।

आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रमा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

मौनता श्रेष्ठको कथामा तयार भएको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन, चन्द्र पन्तको एक्सन, अर्जुन जीसीको सम्पादन छ ।