मुम्बई/ बलिउड अभिनेता ऋतिक रोशनले  उनकाे जिन्दगीमा धेरै कुरा झेलेका छन् । उनी आफ्नो जिन्दगीले धेरै कुरा सिकाएको कुरा बताउछन्।

ऋतिक रोशनले समाचार एजेन्सी आइएएनएसलाई यस्ता कुरा बताएका छन् - ‘यदि तपाई ऋतिक रोशनलाई जोडेर हेर्नुको साटो एउटा यात्राका रुपमा हेर्नुभयो भने धेरै कुरा सिक्नुहुनेछ ।’

ऋतिकको जिन्दगीका ५ घटना, जुन घटनाले उनलाई हिम्मत मिल्योः

– उनी २१ वर्षका थिए । सम्भवत देशको सबैभन्दा राम्रो डाक्टर उनको सामुन्ने बसेका थिए । उनले बताएका थिए कि, ऋतिकको जेनेटिक्समा त्यो चिजले सबै गर्नका लागि तागत दिन्थ्यो, त्यही चिज नभएको डाक्टरले सुनाए । एक अभिनेताले गर्न सक्ने स्थिति काम गर्न सक्दैनस् भनेर डाक्टरले सम्झाएका थिए । ‘त्यतिबेला मैले सिकें, आफूलाई पनि केही कुराको जानकारी हुनुपर्ने रहेछ । कोही एक व्यक्तिको दृष्टिमा आफूलाई सीमित राख्न नहुने रहेछ ।’, ऋतिक बताउँछन् ।

– ब्रेन सर्जरीका कारण उनका कति प्रोजेक्ट प्रभावित समेत भए । उनले भने, ‘यसले मेरो फ्युचरमा धेरै ठूलो असर पर्न सक्थ्यो । तर, त्यतिबेला मैले मैले आफ्नो मन बनाइसकेको थिएँ । मलाई लाग्यो कि, केही कुराले पनि मेरो करिअर र मेरो सम्भावनालाई रोक्न सक्दैन ।’

– ऋतिकले श्रीमती सुजैन खानसँगको विछोडका बारेमा पनि कुरा गरे । उनले भनेका छन्, ‘मैले मेरो पूरै यात्रालाई सकारात्मक रुपमा देख्छु । यतिसम्म कि, भावनात्मक रुपमा धेरै गाह्रो थियो, त्यो पनि मैले झेलिसकें ।’

ऋतिक भन्छन्, ‘जब जब म पछाढि फर्केर हेर्ने गर्छु, र बिन्दुहरूको जोड्ने गर्छु । त्यतिखेर लाग्छ, कि हरेक समय मेरो जिन्दगी खत्तम हुन लागेको छ । त्यतिबेला मैले केही गर्न सक्दैनथें । तर त्यतिखेर मलाई अगाडि बढ्नका लागि नयाँ बाटो भेटिन्थ्यो ।’