कुनै समयकी चर्चित नायिका निरुता सिंहको फिल्मी करियरको समय उनी एकमात्र यस्ती नायिका थिईन् की जसले पर्दामा रोनाधोनाबाट पनि दर्शक हलसम्म तान्ने गर्थिन् । दक्षिणा , बन्दकी , चाँदनी , दपर्ण छायाँ लगायतका सुपरहिट चलचित्र दिईसकेकी उनी यतिबेला नेपाली चलचित्रबाट टाढै छिन् । जब ६२र६३ को जनआन्दोलनपछि जब नेपाली चलचित्र क्षेत्र धरापमा पर्न थाल्यो तब धेरै कलाकारहरु बिदेशीए ।

जुन समय नेपालमा भने उनको निकै आलोचना भएको थियो । नेपालकी चर्चित नायिकाले टेलिसिरियल त्यसमा पनि सानो भुमिकामा काम गरेको भन्दै धेरैले उनको आलोचना गरेका थिए भने उनले खुबै गाली खाएकी थिईन् । हालै ५ बषपछि एक अवार्ड कार्यक्रमको तयारीका लागि नेपाल आएकी निरुताले “‘सावधान इण्डिया” मा खेलेको कारण नेपाली दर्शकहरुको मन दुखाएको भन्दै माफी मागेकीछिन् ।

यस्तैमा पर्छिन् निरुता पनि । हुन त बीचमा उनले केही चलचित्रमा अभिनय गरिन् तर ती चलचित्रहरु सफल हुन सकेनन् । त्यसबीचमा उनी बलिउडमा जम्ने कोशिससमा पनि संघर्ष गरिन् तर उनले सफलता पाईनन् । जुन समय उनले बलिउडमा झुलुक्क एक बिज्ञापनमा अनुहार देखाएकी थिईन् । त्यतीमात्र होईन उनले लाईफ ओके च्यानलबाट प्रसारण हुने “सावधान इण्डिया” मा सानो भुमिकामा काम गरेकी थिईन् ।

उनले भनिन् “मैले सावधान इण्डियामा साथीलाई नाई भन्न नसकेर खेलेको हुँ । यसले गर्दा मेरा दर्शकहरुको मन दुखेकोमा हात जोडेर माफी माग्छु” । हाल मुम्बईमा साथीकै प्रडक्सन हाउसमा काम गर्दे आईरहेकी निरुताले नेपाली चलचित्र क्षेत्रमा फर्कने मनसाय बनाएकीछिन् । आफुलाई निरुता सिंह बनाएको नै नेपाल र नेपाली दर्शकहरुको मायाले हो भन्दै उनले भनिन् “मेरो उमेर र क्यारेक्टर सुहाउँदो स्क्रिप्ट पाए अवश्य चलचित्रमा काम गर्न म राजी छु” ।