काठमाडौँ/ दाईजो प्रथाको विषयमा निर्माण भएको फिल्म ‘भोर’को विशेष सो सम्पन्न गरिएको छ । काठमाडौंको जय नेपाल हलमा सम्पन्न गरिएको विशेषे शोमा एमाले नेता माधव नेपाल, राजपा नेता राजेन्द्र महतो, नयाँ शक्तिकी हिसिला यमी पनि पुगेका थिए ।

दाइजो प्रथाको मुख्य बिषयमा आधारित यो फिल्ममा एक महिला माथि हुने हिंसा, घरेलु यातनालाई प्रस्तुत गरिएको छ । फिल्मले उठाएको बिषयलाई हिसला यमीले रुचाईन्।

कृष्ण धारावासीको लेखनमा बनेको यस फिल्ममा कालाकारहरु रामनारायण ठाकुर, अतिनारानी मण्डल, राजेश सक्सेना, परमेश झालगायतको मुख्य अभिनय रहेको छ।

शो हेर्न पुगेका महिला दर्शकले फिल्मको खुलेर प्रशंसा गरे। यादवकुमार भट्टराईको निर्देशनमा बनेको भोरलाई राज तिमल्सिना र राम गोपालले निर्माण गरेका हुन् । यो फिल्म आगामी बैशाख २१ देखि दर्शकमाझ रिलिजमा आउँदैछ ।