सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

सुर्दशनको बारेमा प्रश्न गर्दा पलले भने “यसबारेमा कुरा नगरौँ”

ब्लाष्ट खबर वैशाख ६, २०७५ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
सुर्दशनको बारेमा प्रश्न गर्दा पलले भने “यसबारेमा कुरा नगरौँ”
चर्चित नायक पल शाह पछिल्लो समय एक बयानको कारण केही समय अगाडी ट्रोलको शिकार भए । ‘शत्रु गते’ को रिलिजको समय उनले एक अवार्ड कार्यक्रममा भाग लिन गएका पलले प्रदिप खड्कासंग पहिलो पटक मिडियामा आएर हंगामा पनि मचाए । उनले एकसाथ दिएको अन्तरवार्तामा नेपाली चलचित्र क्षेत्रको बिकासको लागि आफुहरु जस्तै युवा नायकहरुको १० जना आवश्यक रहेको बताएका थिए । उनले दिएको यो भनाईको कारण ट्रोलको शिकार भए । हुन त उनले दिएको उक्त बयानमा कुनै गलत थिएन तर त्यसको गलत आशय निकाल्दै ट्रोल बनाईयो । यसबारेमा पहिलो पटक मिडियासंग बोल्दै पलले आफुले भनेको उक्त कुरालाई गलत तरिकाले बुझेकोमा चित्त दुखाएका छन् । उनले भने “नवकलाकारहरुको सवालमा मैले अझै १० जना कलाकारहरु चाहिन्छ भनेको थिए तर गलत मनसाय निकालियो” । कुराकानीको क्रममा नै निर्देशक सुर्दशन थापाले समेत उक्त ट्रोलको भिडियो सेयर गर्दे लेखेको स्टाटसको बारेमा प्रश्न गर्दा उनले भने “यसबारेमा कुरा नगरौँ “। यसबाट पनि प्रस्ट हुन्छ अब चाहि सुर्दशन र पलबीचको सम्बन्धमा दरार आएको छ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार