दयाहाङ -प्रियंकाकाे ‘ह्यापी डेज’ ट्रेलर रिलिज (भिडियो सहित)

  • बैशाख २, २०७५
  • ब्लाष्ट खबर

मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘ह्यापी डेज’ को अफिसियल ट्रेलर आज रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा नायक दयाहाङ राई हाबी देखिएका छन् । लण्डन जान एक युवाले गरेको संघर्ष , मित्रता , प्रेमको समिश्रृण रहेको यस चलचित्रमा झट्ट हेर्दा त्रिकोणत्मक प्रेम कथा देखाउँन खोजिएको छ ।

चलचत्रिमा दयाहासङसंगै प्रियंका कार्की, सञ्जय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ ।वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यस चलचित्रको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ ।

२ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’लाई मा पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथालाई उठान गरिएको छ । यसअघि मङ्सिर १५, माघ ११, चैत २ ,चैत १६ पछि गते रिलिज हुने भनिएको यो चलचित्र अब बैसाख १४ मा रिलिज हुनेछ ।

रोचक कुरा त बैशाख १४ मा यसअघि नै प्रियंका कार्की अभिनीत चलचित्र ‘कोहलपुर एक्सप्रेस’ रिलिज हुने कन्फर्म भइसकेको छ । बैसाख १४ मा प्रियंकाको दुई चलचित्र जुध्ने पक्का भएको छ ।

[embed]https://youtu.be/VJ995xIVO28[/embed]