सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

रेखाको फिल्ममा १४ बर्षीय बालिका मुख्य भुमिकामा

ब्लाष्ट खबर वैशाख २, २०७५ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
रेखाको फिल्ममा १४ बर्षीय बालिका मुख्य भुमिकामा

‘रुद्रपिया’ पुर्णरुपमा असफल भएपछि नायिका रेखा थापा यतिबेला नयाँ चलचित्रको निर्माणको तयारीमा व्यस्त छिन् । आफनै होमप्रडक्सनमा निर्माण हुने भनिएको चलचित्र ‘लाल मस्तिष्क’ को नाम रेखाले परिवर्तन गरेकीछिन् । उनले ‘लाल मस्तिष्क’ लाई  ‘मालिका’ बनाएकीछिन् ।

बैशाख १४ गतेबाट फ्लोरमा जाने भएको यस चलचित्रमा उनले मुख्य कलाकार अर्थात मालिकाको रुपमा जाजरकोटकी चौध वर्षिय कमला वलीलाई अनुबन्धित गरेकीछिन् । हालसम्म आफनो चलचित्रमा नारी पात्रलाई प्राथामिकताका साथ बलियो रुपमा प्रस्तुत गर्दे आएकी रेखाको मालिकामा पनि महत्वपुर्ण भुमिका रहेको बताईएको छ ।

सम्झना उप्रेती रौनियारले निर्देशन गर्ने उक्त चलचित्रमा प्राय रेखाका चलचित्रहरु दसै वा तिहारमा रिलिज हुने गरेका छन् । त्यसैले उनले आफनो पाँचौ निर्माणलाई पनि तिहारको लक्ष्मीपुजाका दिन रिलिज गर्ने निधो गरेकीछिन् । चलचित्रमा नरा कार्की, सरस्वित थापा र तारा थापा निर्माताको रुपमा रहनेछन्। । उनले यसअघि ‘हिफाजत’ , ‘हिम्मतवाली’ , ‘रामप्यारी’ , ‘रुद्रपिया’ लगायतका चलचित्रहरु निर्माण गरिसकेकीछिन् ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार