प्रदिप खड्का स्टारर चलचित्र ‘लिलिबिली’ आज पनि देशभर हाउसफूलका साथ रिलिज भईरहेको छ । शुक्रबार नै सुखद ओपनिङ गरेको लिलिबिली हेर्नका लागि आज शनिबार मानवसागर नै उर्लिएको छ । राजधानी मात्र नभई मोफसलका सबै हलहरु हाउसफूल देखिएका छन् ।हिजोबाट नै निर्माण युनिट हल हलमा पुगेका थिए भने आज पनि दर्शक भेट्न राजधानीका विभिन्न हलहरुमा प्रदिप , जसिता , निर्देशक मिलन चाम्स , निर्माता गोपाल शाही लगायत पुगेका थिए ।

आजको भिडले पनि प्रदिपको क्रेज झनै बढेको स्पस्ट छ । भिडमा पुगेका प्रदिपलाई दर्शकहरुले उचालेर हाईहाई गरेका थिए भने प्रदिपले भने आफना दर्शकहरुलाई अभिनन्दन गरेका थिए । ‘लिलिबिली’ ले सोचे भन्दा राम्रो प्रतिक्रिया पाएको भन्दै निर्माण युनिटले खुसी व्यक्त गरेका छन् । यता प्रदिपले यो पटक प्रेम गीत २ भन्दा पनि धेरै माया पाएको बताए । ‘लिलिबिली’ बाट पाएको प्रतिक्रिया र मायाको कारण थप हौसला र उर्जा बढेको उनले बताए ।