निर्देशक दिनेश राउतले निर्देशन गर्ने भनिएको चलचित्र ‘भैरवी’ मा नायक प्रदिप खड्काको नाम जोडिएको कारण नै चर्चामा थियो । त्यतीमात्र नभई यस चलचित्रमा साम्राज्ञीको पनि नाम थपियो । उक्त चलचित्रमा प्रदिपकी नायिका बनेर साम्राज्ञीले पहिलो पटक स्क्रिन सेयर गर्ने भन्दा दुबैका फ्यानहरु निकै खुसी थिए । तर यो चलचित्रमा साम्राज्ञी अनुबन्धित नभएको बताएकीछिन् ।

‘भैरब’ को अफर आएको , स्क्रिप्ट पनि सुनाईएको तर पक्का भने नभएको बताईन् । भैरबीको बारेमा बोल्दै साम्राज्ञीले भनिन् “भैरबीको स्क्रिप्ट मन परेको थियो मैले दिनेश राउतलाई हुन्छ पनि भनेको थिए तर २०/२५ दिन सम्म निर्माण युनिटबाट कुनै खबर आएन त्यसैले ‘कायरा’ लाई समय दिए” । त्यसपछि ‘भैरबी’ को बारेमा कुनै पनि कुरा नभएको उनको भनाई छ ।

यता प्रदिपले ‘लिलिबिली’ लगत्तै भैरबीमा काम गर्ने चर्चा थियो । उनले ‘भैरबी’ मा काम गर्न आतुर रहेको बताएका थिए । तर यता निर्देशक दिनेश राउत ‘प्रसाद’ को निर्देशनमा व्यस्त हुँदैछन् । यस्तोमा भैरबीको निर्माणमा नै सन्देह उत्पन्न भएको छ । के दिनेशको ‘भैरवी’ पनि ‘टकिला सनराईज’ को जस्तै नियती त हुने होईन ???