नेपाली नायिका जेनिसाले कसरी गुमाईन बलिउड फिल्म

  • चैत्र २७, २०७४
  • ब्लाष्ट खबर

नेपाली चलचित्र क्षेत्रकी नायिका जेनिसा केसी यतिबेला बलिउडमा आफनो करियर बनाउँने कसरतमा छिन् । बिराज भट्ट , यस कुमार जस्ता नायकहरुसंग काम गरेकी उनले नेपाली चलचित्र क्षेत्रमा भने ‘जोश’ ‘एक पल’ , ‘तिमी बिनाको जीवन’ , ‘काले’,’दोस्ती’ , ‘आधी बाटो’ लगायतका चलचित्रमा काम गरिसकेकी जेनिसा बलिउड फिल्मका लागि डान्स , फिटनेस , भाषा लगायतका विभिन्न कक्षाहरु पनि लिईरहेकीछिन् भने बलिउडकर्मीहरुसंग पनि उनले हिमचिम बढाईरहेकीछिन् ।

सोही कारण पनि उनले सलमान खान , निल नितिन मुकेश , टिसिरिजका मालिक भुषण दाहाल ,बिवेक ओवराय, कैटरिना लगायतका कलाकारहरुसंग भेटघाट पनि गरिसकेकीछिन् । नेपाली चलचित्रमा अभिनय गर्दा गर्दे बलिउड हाँकिएकी जेनिसालाई गाईड भने चर्चित अभिनेता मिथुन चक्रवर्तीले गरिरहेका छन् । बुवाको साथी भएको कारणले पनि जनिसालाई मिथुनले साथ दिईरहेको उनले बताएकीछिन् ।

केही समयका लागि नेपाल आएकी जेनिसाले एक अन्तरवार्ताको क्रममा आफनो बलिउड संघर्ष र तयारीका बारेमा बोलेकीछिन् । उनले बलिउडमा आफुले ठुलो सपना बोकेर गएको कारण सानो सानो रोलमा काम गर्ने बरु नेपालै फर्कने बताईन् । अहिले सम्म बी ग्रेड र सी ग्रेड फिल्मीकर्मीसंग आफुले संगत नै नगरेको बताउँने जेनिसा भन्छिन् बी ग्रेड र सी ग्रेड फिल्मका अफरहरु धेरै आए तर म त्यस्तो फिल्म गर्दिन् ।

ए ग्रेडका फिल्मीकर्मीहरु निकै प्रोफेसनल हुने गरेको बताउँदै आफुले रेस फिल्म बनाउँने निर्देशक अब्बास मस्तानको फिल्म गर्न पाउँने मौका गुमाएको बताईन् । उनले भनिन् अब्बास मस्तानको फिल्मको अडिसनमा हरेकरुपमा म पास भए तर हिन्दी भाषामा शुद्धता नहुँदा फिल्म गुमाउँनु पर्यो । त्यसैले पनि यतिबेला उनी विभिन्न क्लासहरु लिनमा नै व्यस्त छिन् ।

केही समय अगाडीमात्र प्रियंका चोपडाको होम प्रडक्सनको भोजपुरी फिल्म ‘काशी अमरनाथ’ को एउटा आईटम गीतमा काम गरेकी थिईन् । उनले उक्त गीत पनि प्रियंकाको ममीको अति नै रिक्वेस्ट गरेपछि काम गरेको बताईन् । केही नराम्रो मानसिकता भएका व्यक्तिहरुले भने नेपाली नायिका भनेपछि अलिकता हिनताको भाव देखाउँने गरको उनको भनाई छ ।