सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

बर्षाले सलिनमानलाई किन गरिन् रिजेक्ट ??

ब्लाष्ट खबर चैत २७, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
बर्षाले सलिनमानलाई किन गरिन् रिजेक्ट ??

‘ए मेरो हजुर २’ बाट एकाएक चम्किएका नायक हुन् सलिनमान बनियाँ । चकलेटी फेस , लुक्स र युनिक हेयरस्टाईलको कारण पनि चर्चामा आएकी सलिनमान यतिबेला लाखौँ युवतीहरुको ढुकढुकी बनेका छन् । तर तीनै सलिनमानलाई नायिका बर्षा राउतले रिजेक्ट गरेकीछिन् । बिषेशगरी ‘छक्का पञ्जा’ र ‘जात्रा’ को सफलतापछि एकाएक लक लागेको बर्षा पछिल्लो समय एकपछि अर्को गर्दे नयाँ चलचित्रहरुमा अनुबन्धित भईरहेकीछिन् ।

यसबीचमा सलिनमानले खेल्ने भनिएको र हालसम्म नाम तय नभईसकेको केशव भट्टराईको चलचित्र का लागि अफर गरिएको बुझिएको छ । सुनिए अनुसार सुरुवातमा बर्षा पनि उक्त चलचित्रमा सलिनमानको नायिका हुन राजी थिईन् तर एक बिज्ञापनको कारण बर्षाले उक्त चलचित्रलाई छोड्नु परेको छ ।

बजारमा चर्चा चले अनुसार बर्षालाई निर्माण युनिटले उक्त बिज्ञापनमा काम नगर्न भनेपछि बर्षाले सलिनमानको नायिका हुन नमानेकी हुन् । सम्भवत बर्षाले उक्त बिज्ञापनबाट राम्रै रकम पाएकी हुन सक्छ नत्र भने यतिबेलाका चर्चामा रहेका नायक सलिनमानसंग स्क्रिन सेयर गर्ने मौका सायदै गुमाउँन चाहान्थिन् की कसो ???

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार