बर्षाले सलिनमानलाई किन गरिन् रिजेक्ट ??

  • चैत्र २७, २०७४
  • ब्लाष्ट खबर

‘ए मेरो हजुर २’ बाट एकाएक चम्किएका नायक हुन् सलिनमान बनियाँ । चकलेटी फेस , लुक्स र युनिक हेयरस्टाईलको कारण पनि चर्चामा आएकी सलिनमान यतिबेला लाखौँ युवतीहरुको ढुकढुकी बनेका छन् । तर तीनै सलिनमानलाई नायिका बर्षा राउतले रिजेक्ट गरेकीछिन् । बिषेशगरी ‘छक्का पञ्जा’ र ‘जात्रा’ को सफलतापछि एकाएक लक लागेको बर्षा पछिल्लो समय एकपछि अर्को गर्दे नयाँ चलचित्रहरुमा अनुबन्धित भईरहेकीछिन् ।

यसबीचमा सलिनमानले खेल्ने भनिएको र हालसम्म नाम तय नभईसकेको केशव भट्टराईको चलचित्र का लागि अफर गरिएको बुझिएको छ । सुनिए अनुसार सुरुवातमा बर्षा पनि उक्त चलचित्रमा सलिनमानको नायिका हुन राजी थिईन् तर एक बिज्ञापनको कारण बर्षाले उक्त चलचित्रलाई छोड्नु परेको छ ।

बजारमा चर्चा चले अनुसार बर्षालाई निर्माण युनिटले उक्त बिज्ञापनमा काम नगर्न भनेपछि बर्षाले सलिनमानको नायिका हुन नमानेकी हुन् । सम्भवत बर्षाले उक्त बिज्ञापनबाट राम्रै रकम पाएकी हुन सक्छ नत्र भने यतिबेलाका चर्चामा रहेका नायक सलिनमानसंग स्क्रिन सेयर गर्ने मौका सायदै गुमाउँन चाहान्थिन् की कसो ???