‘नाई नभन्नुल ५’ बाट निकालिएकी हुन् बर्षा ?? यसो भन्छिन् उनी

  • चैत्र २५, २०७४
  • ब्लाष्ट खबर

कुनै समय अनलक्की नायिकाको रुपमा हेरिँदै आएको नायिका बर्षा सिवोकोटीको पछिल्लो समय केही लक लागेको जस्तो देखियो । एकपछि अर्काे गर्दे नयाँ चलचित्रमा अनुबन्धित भईरहेकी बर्षाको नयाँ चलचित्र ‘भैरे’ रिलिजको तयारीमा रहेको छ । हाल ‘जय शम्भु’को सुटिङमा व्यस्त बर्षाको नाम पछिल्लो समय ‘नाई नभन्नुल ५’ लाई लिएर खुबै गसिप बन्यो ।

चलचित्रका निर्माता एवं निर्देशक बिकास आचार्यसंग सुरुवातबाट सो चलचित्रमा काम गर्ने मौखिक आश्वासन दिँदै आएकी बर्षाको नाम स्वस्तिमाको फुपु बन्न मानिन् र चलचित्रबाट निकालियो जस्ता खबरहरुसंग जोडिएर आए । हिजोमात्र आफनो जन्मदिन मनाएकी बर्षाले यसबारेमा बोल्दै उनले आफनो भनाई राखेकीछिन् ।’नाई नभन्नुल ५’ मा स्वस्तिमाको फुपु बन्न आफुलाई नसुहाउँने भएर नै काम नगरेको उनको भनाई छ ।

उनले भनिन् “स्वस्तिमाको फुपु बन्दा मैले न्याय दिन सक्दिन जस्तो लाग्यो । मैले कुरा पनि राखे बिकास आचार्यले पनि म चलचित्रका लागि फिट नहुने जस्तो देखियो भनेपछि सहमतीमा नै मैले चलचित्र छाडेकी हुँ” । अनुभवको जोडी सेड्रिनाको प्रस्ताव पनि आफुले नै गरेको बताउँने बर्षा भन्छिन् “मलाई अनुभवले रिजेक्ट गरेको होईन स्वस्तिमाको फुपु बन्दा नसुहाउँने भएकोले ‘नाई नभन्नुल ५’ मा काम नगरेको हुँ” ।