सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

‘नाई नभन्नुल ५’ बाट निकालिएकी हुन् बर्षा ?? यसो भन्छिन् उनी

ब्लाष्ट खबर चैत २५, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber

कुनै समय अनलक्की नायिकाको रुपमा हेरिँदै आएको नायिका बर्षा सिवोकोटीको पछिल्लो समय केही लक लागेको जस्तो देखियो । एकपछि अर्काे गर्दे नयाँ चलचित्रमा अनुबन्धित भईरहेकी बर्षाको नयाँ चलचित्र ‘भैरे’ रिलिजको तयारीमा रहेको छ । हाल ‘जय शम्भु’को सुटिङमा व्यस्त बर्षाको नाम पछिल्लो समय ‘नाई नभन्नुल ५’ लाई लिएर खुबै गसिप बन्यो ।

चलचित्रका निर्माता एवं निर्देशक बिकास आचार्यसंग सुरुवातबाट सो चलचित्रमा काम गर्ने मौखिक आश्वासन दिँदै आएकी बर्षाको नाम स्वस्तिमाको फुपु बन्न मानिन् र चलचित्रबाट निकालियो जस्ता खबरहरुसंग जोडिएर आए । हिजोमात्र आफनो जन्मदिन मनाएकी बर्षाले यसबारेमा बोल्दै उनले आफनो भनाई राखेकीछिन् ।’नाई नभन्नुल ५’ मा स्वस्तिमाको फुपु बन्न आफुलाई नसुहाउँने भएर नै काम नगरेको उनको भनाई छ ।

उनले भनिन् “स्वस्तिमाको फुपु बन्दा मैले न्याय दिन सक्दिन जस्तो लाग्यो । मैले कुरा पनि राखे बिकास आचार्यले पनि म चलचित्रका लागि फिट नहुने जस्तो देखियो भनेपछि सहमतीमा नै मैले चलचित्र छाडेकी हुँ” । अनुभवको जोडी सेड्रिनाको प्रस्ताव पनि आफुले नै गरेको बताउँने बर्षा भन्छिन् “मलाई अनुभवले रिजेक्ट गरेको होईन स्वस्तिमाको फुपु बन्दा नसुहाउँने भएकोले ‘नाई नभन्नुल ५’ मा काम नगरेको हुँ” ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार