सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

‘तिमी संग’ निर्देशकको आकासप्रति आक्रोस

ब्लाष्ट खबर चैत २५, २०७४ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
‘तिमी संग’ निर्देशकको आकासप्रति आक्रोस

शिशिर रानाको निर्देशनमा तयार भएको चलचित्र ‘तिमी संग’ यतिबेला सफलतासाथ रिलिज भईरहेको छ । ‘शत्रु गते’ र ‘बागी २’ का कारण कम शो पाएपछि निरास बनेका शिशिर जब आफनो चलचित्रले हाउसफूलका साथ रिलिज भयो तब उनको खुसीको सिमा नै रहेन । सिंगल स्क्रिन र मल्टिप्लेक्स दुबैमा दर्शकहरुले रुचाएपछि निर्माण युनिट यतिबेला दंग छ ।

दर्शक भेट्दै हलसम्म निर्देशक राना र नाजिर पुगेका छन् । दर्शकहरुले बिषेश गरी नाजिरको कामलाई निकै रुचाएका छन् । तर हलमा चलचित्रका मुख्य कलाकारहरु साम्राज्ञी र आकास श्रेष्ठ नभएपनि उनले केही दुखेसो व्यक्त गरेका छन् । पत्रकारहरुसंग बोल्दै उनले साम्राज्ञीले प्रमोसनमा राम्रो साथ दिएपनि आकासले भने प्रमोसनमा राम्रो साथ नदिएको भन्दै दुख व्यक्त गरेका छन् ।

चलचित्रलाई रुचाएका दर्शकहरुको माया र सल्लाह लिन नपाउँनु साम्राज्ञी र आकास दुबैको लागि मौका गुमाएको उनको भनाई छ । उनले भने “साम्राज्ञीले लण्डन नगईकन भएपनि प्रमोसनमा साथ दिईन् तर आकासले मेरो दुख बुझेन” । ‘रामकहानी’ को सुटिङमा व्यस्त रहेका आकासलाई भबिष्यमा प्रमोसनको समय नयाँ चलचित्रमा अनुबन्धित नहुन उनले सुझाव दिएका छन् ।

‘रामकहानी’ को टिमले पनि आफनो दुख नबुझेकोमा उनको गुनासो छ । त्यसो त आकास  ‘तिमी संग’  को प्रिमियर शोमा समेत उपस्थित भएका थिएनन् ।शिशिर भन्छन् “आफनो चलचित्रको समय आकास र साम्राज्ञीलाई रिस्क नै लिएर छोडेको हुँ धन्न दर्शकले  ‘तिमी संग’ लाई मन पराउँनु भयो ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार