गत फागुन २९ गते बैवाहिक जीवनमा बाँधिएकी नायिका अशिष्मा नकर्मी यतिबेला आफनो बैवाहिक जीवनको सुखमा रमाईरहेकीछिन् । अशिष्माले अमेरिकामा बसोबास गर्दे आईरहेका नयाँ बानेश्वर निवासी व्यापारी नविन चन्द्र प्रधान संग मागी बिवाह गरेकी हुन् । यतिबेला बल्ल आशिष्माले पतिसंग हनिमुन मनाईरहेकीछिन् । उनले उनले पोखरमा क्लिक गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर सेयर गरेकी हुन् ।

कम समयमा नै परिवारको रोजाईमा नै उनले बिवाह गरेकी हुन् । नेपाल भाषाको चलचित्र , म्युजिक भिडियो र नेपाली चलचित्रमा अभिनय गरेकी अशिष्माले आफनो फिल्मी करियरमा भने खासै चर्चा कमाउँन सकिनन् । बिवाहपछि चलचित्र क्षेत्रमा फर्कने वा नफर्कने भन्नेबारेमा यकिन नभईसकेको तर आफनो बैवाहिक जीवन राम्रो हुन्छ भने चलचित्र क्षेत्रलाई छोड्न पनि आफु तयार रहेको अशिष्माले बताएकी थिईन् ।