काठमाडौं । चलचित्र म्हेन्दूको शुभमुर्हुत गरिएको छ । मारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माणहुन लागेको चलचित्र म्हेन्दूको राजधानीमा एक कार्यक्रमबीच सुभमुर्हुत गरिएको हो । पर्यटनमन्त्रि रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा चलचित्रको सुभसाईत गरिएको हो । शुभमुर्हतमा मन्त्रि अधिकारीले चलचित्रको क्ल्याप हानेका हुन् । कार्यक्रममा बोल्दै माननीय पर्यटनमन्त्रि अधिकारीले ‘नेपाली मौलिक जनाजिबिकालाई उठान गर्ने यो चलचित्र जगतमा कोसेढुङ्गा साबित होस्’ भन्ने सुभकामना ब्यक्त गरे । कार्यक्रममा बोल्दै बरिष्ट अभिनेता निर शाह, चलचित्र निर्माता संघका अध्यक्ष्य आकाश अधिकारी, ब्यबसायी अस्मिता सुमार्गीलगायतका व्यक्तित्वहरुले चलचित्रको सफलताको सुभकामना दिए । ‘म्हेन्दू हिमाली दुर्गम भेगमा बसोबास गर्ने शेर्पा जाति र तल्लो भेगमा बस्ने आर्यन समुदायबीचको भावनात्मक सम्बन्ध उठान गर्ने मौलिक नेपाली चलचित्र हो । जनमानसमा भइपरी आउने दैविक प्रकोपको पीडा अनि त्यस समुदायमा ब्याप्त अन्धबिस्वास र रुढीबादी चिन्तनलाइ कथाको रुपमा प्रस्तुत गरिने छ, चलचित्रमा’, चलचित्रका लेखक तथा निर्देशक देव नेपालले भने । चलचित्रका निर्माता अर्जुनप्रसाद डोटेल र रामकुमार अधिकारीले चलचित्रको हिमाली जिल्ला डोल्पाको सेफोक्सुण्डो देखि माथिल्लो भेग कान्जिरोवा हिमाल पारी (उपल्लो डोल्पा)मा अबस्थित बिश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको मानब बस्ती छार्कामा छायाँकन गरिने बताए । म्हेन्दू शब्दलाई राम्री, प्यारी अथबा सुन्दर युवतीलाइ जनाउने विशेषणको रुपमा उपल्लो डोल्पामा बसोबास गर्ने शेर्पासमुदायले प्रयोग गर्छन । कतैकतै म्हेन्दू शब्दलाई तिब्बती भाषाबाट आएको आगन्तुक शब्दको रुपमा पनि विश्लेषण गरिन्छ । नारी प्रधान यस चलचित्रको प्रमुख पत्र जो सोहि बिकट भूभागमा बसोबास गर्दै त्यस ठाउको प्रतिनिधित्व गर्ने म्हेन्दूको भूमिकामा प्रयोग भएको हो । यस चलचित्रको माध्यमबाट उक्त स्थानको रहनसहन चालचलन रितिरिवाज भेषभुषासँगै पर्यटकीय स्थल, सांस्कृतिक सम्पदा र भौगोलिक अबस्थाको सजिब चित्रण गरिने निर्माण पक्षले जनाएको छ । यस चलचित्र मार्फत नवनायक भोला तिमल्सिना र रमेश सोढारी डेब्यु गर्दै छन् । सोनु राई चलचित्रको नायिका हुन् । एसराज कुमार, बिन्दा थिङ, कालु राना, चन्द्रमणि मुडभरी, बाबुराम शाक्य, लक्ष्मण देबकोटा, किशोर खतिवडालगायतका कलाकारको चलचित्रमा अभिनय रहने छ । चन्द्रमणि मुडभरी कार्यकारी निर्माता रहेको यस चलचित्रमा बुद्धिमान तामाङ र दुर्गा साहारा खड्का सह निर्माता रहेका छन् । सुदिप डोटेलको प्रस्तुति चलचित्र म्हेन्दू २०७५ बैसाख पहिलो हप्ताबाट फ्लोरमा जाने छ । रोहित बिक्रम कार्कीले चलचित्रलाइ छायाँकन गर्नेछन । चलचित्र करिब १ करोड २५ लाखको लागतमा निर्माण हुने जनाइएको छ । चलचित्रका गीतमा पुरुषोत्तम पौडेल रसुवा, बिमल डाँगी र सरोज कोइरालाको शब्द, कुमार लामा योञ्जन, बिमल डाँगी र सरोज कोइरालाको सङ्गीत अनि बिध्या तिवारी, कुमार लामा र सरोज कोइरालाको स्वर रहने छ । चलचित्र भाद्रको अन्त सम्ममा सार्बजानिक प्रदर्शन गरिने निर्माणपक्षको दाबी छ । नेपाली, अङ्ग्रेजी, जापानीज, भोजपुरीभाषामा चलचित्रको डबिङ्ग गरि अन्तर्रास्ट्रिय स्तरमा प्रदर्शन गरिने समेत आयोजकले कार्यक्रममा जानकारी गराए ।