सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

नेपाली फिल्मकी “आलु” नायिका प्रियंका

ब्लाष्ट खबर चैत २२, २०७४ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
नेपाली फिल्मकी “आलु” नायिका प्रियंका

नेपाली रजटपतमा व्यस्त अनि सधै लाईमलाईटमा रहने नायिका हुन् प्रियंका कार्की । प्रियंकालाई त कतिपयले आलु नायिका भनेर पनि चिन्ने गर्छन् । किनकी उनी हरेक भुमिकाका लागि योग्य मानिन्छ । उनी गाउँले , आधुनिक युवती ,कमेडीसंगै फरकधारका चलचित्रहरुमा पनि अभिनय गरिसकेकीछिन् ।प्राय नायिकाहरु आफनो करियर धरापमा पर्ने डरले पनि हरेक भुमिकामा काम गर्न रुचाउँदैनन अझ बिषेश गरी आमाको भुमिका ।

तर प्रियंका एक मात्र त्यस्ती नायिका हुन् जसले आफु भन्दा केही कम उमेरकी नायिकाको आमा समेत बनेकीछिन् । अधवैशे महिलाको भुमिकामासमेत काम गरिसकेकी प्रियंकाले ‘छक्का पञ्जा २’ र ‘नाई नभन्नुल ५’ सम्म आईपुग्दा आमाको भुमिकालाई निरन्तरता दिने क्रममा उनीमाथि प्रश्न पनि नउठेको होईन । तर उनी आफुलाई चुनौतीहरु मन पर्ने भन्दै आमाको भुमिकालाई पनि स्वीकार गरेको बताउँछिन् ।

कुनै नायिकाले आमाको भुमिका गर्देमा करियर बिग्रिन्छ भन्ने कुरामा विश्वास राख्दिनन् उनी । सिनेक्षेत्रमा मेहनती , काम गर्न सहज नायिकाको रुपमा लिईदै आएकी प्रियंकाको प्रोफेसनल व्यवहारको कारण पनि उनी सबैको प्रिय छिन् । हुनत प्रियंकाले आफनो करियरमा सोलो हिट कमै दिएकीछिन् तर मल्टिस्टारर चलचित्रहरुमा उनले काम गरेकीछिन् जुन चलचित्रहरु हिट पनि भएका छन् । जसको फाईदा उनको करियरमा भने मज्जाले पर्ने गरेको छ ।

म्युजिक भिडियोहरुमा समेत निकै डिमाण्ड हुने गर्छिन् प्रियंका । उनले अभिनय गरेका म्युजिक भिडियोहरुले करोड भ्युज कमाउँन पनि थालेको छ ।भिडियोमा समेत मंहगो रकम लिने गरेको बताउँने प्रियंका आफनो पारिश्रृमिक भने कहिल्यै खुलाउँन चाहदिनन् । हाल आयुषमान देसराज जोशीसंग प्रेम सम्बन्धको कारण पनि चर्चा रहँदै आएकी प्रियंकालाई यतिबेला सताउँने गरेको प्रश्न भने एउटै छ “बिहे कहिले गर्ने “???

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार