सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

ऋचा तिर्सना बन्दा रियल तिर्सनाको आपत्ती

ब्लाष्ट खबर चैत २२, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
ऋचा तिर्सना बन्दा रियल तिर्सनाको आपत्ती

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ यतिबेला चर्चामा रहेको छ । कमेडीधारमा निर्माण गरिएको यस चलचित्रमा नायिका ऋचा शर्माको क्यारेक्टरलाई भने ट्रेलरबाट नै रुचाईएको छ । उनको हाउभाउ र बोल्ने शैलीको कारण पनि उनी चलचित्र रिलिज पनि नहुँदै चर्चामा आएकी हुन् ।

चलचित्रमा उनी तिर्सना नामकी युवती बनेकीछिन् । जुन चलचित्रमा उनले बिवादित मोडल एवं कलाकार तिर्सना बुढाथोकी बनेकीछिन् । यो भुमिकाले चर्चा कमाईरहँदा मोडल तिर्सना बुढाथोकीले भने कडा आपत्ती जनाएकीछिन् । उनले चलचित्र तिर्सना नाम गरेको पात्रलाई बार गर्लको रुपमा देखाएको भन्दै असन्तुष्टी व्यक्त गरेकी हुन् ।

उनले फेसबुक लाईभमाफर्त आफनो असन्तुष्टी व्यक्त गर्दे भनेकीछिन् म बार गर्ल होईन । उता निर्माण युनिटले भने टे«लर रिलिज कार्यक्रममा नै ऋचाको भुमिका तिर्सना बुढाथोकी नभई उनको हाउभाउ र बोल्ने शैलीलाई मात्र कपि गरिएको या भनौ प्रभावित भएको बताएको थियो । ऋचाले पनि तिर्सनाको हाउभाउ र शैली कपि गर्नको लागि उनको भिडियो हेरेको तर आफनो भुमिका तिर्सना बुढाथोकी नभएको बताएकी थिईन् ।

अब हेरौँ यो कुराले कस्तो परिणाम ल्याउँने हो । बिशाल भण्डारीको डेब्यु निर्देशन रहेको यस चलचित्रमा केकी , ऋचा , प्रियंका ,बुद्धी तामाङ , बिनोद न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ । “काउ” गीतबाट चर्चामा समेत रहेको ‘कोहलपुर एक्सप्रेस’  बैसाख १४ मा अल नेपाल रिलिज हुँदैछ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार