सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

“प्रेम प्रस्ताव आउँदा स्कुल नै छाँडे” : नाजिर हुसेन

ब्लाष्ट खबर चैत २१, २०७४ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
“प्रेम प्रस्ताव आउँदा स्कुल नै छाँडे” : नाजिर हुसेन

थिएटर हुँदै नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका नायक नाजिर हुसेन यतिबेला आफनो नयाँ चलचित्र तिमी संगको प्रमोसनमा व्यस्त छन् । तिमी संगको ट्रेलरबाट जीवन्त अभिनय गर्ने नाजिरले सबैभन्दा धेरै प्रशंसा बटुलेका छन् । बिषेश गरी ‘होस्टल रिर्टन्स’ बाट क्लिक भएका नाजिरले हुन त आफनो बलबुतामा मात्र हिट चलचित्र दिएका छैनन तर पनि उनलाई फिल्मको कमी भने छैन ।

उनको मेहनत र जीवन्त अभिनयको कारण उनी निर्माता निर्देशकको रोजाईमा पर्ने गरेका छन् । त्यसो त उनै नाजिरलाई खाली मधेश क्यारेक्टरमा मात्र अभिनय गरेको भन्ने आरोप पनि आउँने गर्छ तर नाजिरले भने आफुलाई अफर नै त्यस्तै आउँने गरेको तर अन्य ‘जंगे’ ,’बिर बिक्रम’ , ‘गाँठो’ , ‘कागजपत्र’ लगायतका चलचित्रहरुमा आफुले फरक भुमिका गरेको उनी बताउँछन् ।

बिरगंजको सानो गाउँबाट बिना फिल्मी व्याकग्राउण्ड पनि नाजिरले पाएको सफलता प्रेरणदायक हुन सक्छ । थिएटरमा आउँनु अघि शिक्षण पेशाको समेत अनुभव लिईसकेका नाजिरको नाम प्रेम सम्बन्धको सवालमा भने कहिलै चर्चामा आएन । हाल नायिका साम्राज्ञीसंगको मित्रताको सम्बन्धमा नजिक रहेका नाजिर यस्ता नायक हुन जसलाई कक्षा ५ मा युवतीले प्रेम प्रस्ताव राख्दा स्कुल नै परिवर्तन गरेका थिए ।

सामाजिक सञ्जालमार्फत प्रेम प्रस्तावहरु आएपनि त्यसलाई दर्शकहरुको मायाको रुपमा लिईएका नाजिरले भने “कहिले काही युवती फ्यानहरुले अंगालो मार्ने ,किस गर्ने गर्दा भने लाज लाग्छ सायद त्यो उहाँहरुको माया नै हो” ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार