काठमाडौं/ चर्चित गायक शिव परियारले ‘मात नलाग्ने’ बोलको नयाँ गीतको भिडियो पनि ल्याएका छन् । नेपाली सांगीतिक क्षेत्रमा हिट गीत समेत दिएका शिवको यो गीत एघारौ एल्बम शिवालयमा समाबेश छ । सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत छ । 

गीतमा अभिनेत्री प्रियंका कार्की र विशाल लामाले अभिनय गरेका छन् । भिडियोमाकोरियोग्राफीर राजिव समरले गरेका हुन् । यहि बर्ष मात्रै शिवको ‘आँशुको अर्थ’र ‘हल्ला हल्ला मै माया’ जस्ता गीत बजारमा आइसकेका छन् । मेरो अरु गीत जस्तै ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’ पनि दर्शक तथा स्रोतालाई मन पर्ने गायक परियारले बताए । म्यूजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । उत्तम हुमागाईंको छायाँकन रहेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।