काठमाडौं । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो । उनको विहान नौबजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनका एक छोरा, एक छोरी छन् ।