काठमाडौं/ कमेडियन कपिल शर्माको नयाँ शो फ्यामिली टाइम विद कपिल शर्माको तीन एपिसोड प्रसारित हुँदा नहुँदै अनेकौं विवाद आइसकेका छन् । एकातर्फ दर्शकहरूलाई यो शो खासै मन परिरहेको छैन भने अर्कातर्फ कपिलले बारम्बार शोको शूटिङ रद्द गराइरहेका छन् ।

केही दिनअघि कपिलले टाइगर श्रोफसँगको शूटिङ रद्द गराएको खबर आयो । पछि यसलाई हल्ला मात्र भनी सफाइ दिइयो । पछि चाहिँ अभिनेत्री रानी मुखर्जीसँग पनि शूटिङ रद्द गराएको खबर आयो । बारम्बार यसो गर्दा सोनी च्यानलले कपिललाई चेतावनी दिइसकेको छ । यसरी मनलाग्दी शूटिङ रद्द गर्न नपाउने सोनीले उनलाई बतायो ।

सोनीले कपिललाई एड्भान्समा शूटिङ गराउने चेतावनी दिएको छ र यसो नगरेमा शो बन्द हुन सक्ने पनि बताएको छ । कपिल अहिले डिप्रेसनमा रहेको खबर पनि आएको छ । उनी आफ्नो नकारात्मक छविका कारण अत्यन्तै चिन्तित छन् ।

कपिलले नयाँ तथा गजब तरिकाले करीयर अघि बढाउँछन् कि पुरानै ढर्रामा हिँडेर शो नै बन्द गराउँछन् हेर्न बाँकी छ ।

एजेन्सी