काठमाडौं/ रिलायन्स फाइनान्सको ६ लाख ५२ हजार ९४०.६० कित्ता सेयर लिलामी भर्ने बिहीबार (चैत ८ गते) अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । कम्पनीले चैत १ गतेदेखि संस्थापक समूहको ५ लाख ४२ हजार ३१४.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख १० हजार ६२६.०८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
[caption id="attachment_66835" align="aligncenter" width="865"]
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत यसका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ । लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १००० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म २३ लाख ६ हजार ५७१.६० कित्ता ९४५५० हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामीमा ल्याइएको हो । हाल यस फाइनान्सको चुक्ता पुँजी ५१ करोड २५ लाख ७१ हजार ४६८ रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने फाइनान्सको चुक्ता पुँजी ७४ करोड ३२ लाख २८ हजार ६२८ रुपैयाँ पुग्नेछ ।