काठमाडौं/घरजग्गा विवादमा एक व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको प्रसौनी गाउँपालिकाका प्रमोद पटेल, सितादेवी पटेल र बिनोद पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुमाथि स्थानीय गणपत राउतमाथि कुटपिट गरेर हत्या गरेको आरोप प्रहरीले लगाएको छ । जग्गाको विषयमा विवाद परेपछि ६५ वर्षीय राउतमाथि बिहीबार उनीहरुले कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते भएका राउतलाई उपचारका लागि नारायणी उपक्षेत्री अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।
पक्राउ परेका तीनै जनालाई कर्तव्य गरी ज्यान मार्ने अभियोगमा मुद्धा चलाइने प्रहरीले जनाएको छ । उनीहरुलाई बारा जिल्लाको अनुमतिमा हिरासतमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।