काभ्रे/काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा कन्टेनर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुत्रबार बिहान पौने ६ बजे काठमाडौंबाट काभ्रेको मंगलटारतर्फ जाँदै गरेको बा३ख १६४४ नम्बरको कन्टेनर सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । दुर्घटनामा कन्टेनर चालक दोलखा वैतेश्वर गाउँपालिका ४ का ५१ वर्षीय सोमप्रसाद घिमिरेको घटनास्थलमै मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।
यसैबीच काभ्रेको बनेपा नगरपालिका–५ मा शुक्रबार बिहान ९ बजे म्याजिक गाडीको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । चण्डेश्वरीबाट बनेपातर्फ जाँदै गरेको बा१३च ४५४१ नम्बरको म्याजिक गाडीले बनेपा नगरपालिका ८ का ६५ वर्षीय चन्द्रलाल कायस्थलाई ठक्कर दिएको थियो ।
घाइते कायस्थको शीर मेमोरियल अस्पताल बनेपामै उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनसहित चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।