रुसको सवैभन्दा चिसो शहर याकुट्सका मानिस त्यतिखेर हैरान भए जति बेला आफ्नो नजिक आकाशबाट सुन वर्षा भइरहेको थाहा पाए । शहरको प्रहरीपनि तत्काल सक्रिय भयो र आपतकालिन अनुसन्धान अप्रेशन शुरु ग¥यो ।

मानिस आश्चर्यमा थिए कि आखिर आकाशबाट कसरी सुनको वर्षा भो भनेर । चाडैं नै सवैलाई हैरान पार्ने वाला तथ्य सार्वजनिक भयो ।
समाचरका अनुसार याकुट्स एयरपोर्टबाट एक कार्गो विमान ३ हजार किलो सुन लिएर जाँदै थियो । तर उडान शुरु गरेको केही बेर पछि नै कार्गो विमानको तलपटिको ढोका अप्रत्याशित रुपमा खुस्कियो । जसका कारण विमान भएको सुन आकाशबाट जमिन तर्फ खस्यो ।
२६ किलोमिटर सम्म खस्यो सुन
समाचारहरुका अनुसार उडान शुरु गरेपछि पाइलटलाई यो समस्या बारे जानकारी भयो ।
उनले इमरजेन्सी ल्याण्डिङको फैसला गरे । तर यति बेरमा विमानले रनवेबाट २६ किलोमिटर टाढा पुगेको थियो ।
समाचारहरुका अनुसार यो सुन एक सुन कम्पनी द्वारा प्रशोधनको लागि लाँदै थियो ।
यसमा सुनका साथ साथै अर्वो रुपैयाँ मूल्यको हीरा पनि रहेको अनुमान गरिएको छ ।
साइबेरियन टाइम्सका अनुसार प्लेन जहाँ जहाँबाट गएको थियो त्यहाँको हाइवेलाई प्रहरीले सील गरेको छ ।