बच्चा जन्मिएपछि स्तनपानका लागि दुध नपुगेर आजभोलि सुत्केरीहरु हैरान हुने गरेका छन् ।
नवजात शिशुलाई ६ महिनासम्म आमाको दुध खुवाउन निकै स्वस्थकर मानिन्छ । तर, पर्याप्त मात्रामा दुध नआएपछि उनीहरु समस्यामा पर्ने गरेका छन् । तर एक महिला भने वच्चा जन्माएपछि लखपति बनेकी छिन् । स्तनपान गराएरपनि दुध धेरै नै आएपछि पहिला त उनी समस्यामा परिन् । जसलाई उनले व्यवसायीक रुप दिइन् र लखपति बनिन् । पत्याउन नसकिने यो घटना साइप्रसमा भएको हो ।
साइप्रसमा बस्ने दुई बच्चाकी आमा राफाएला लाप्रोउ आफ्नो दूध बेचेर लाखौं रुपैयाँ कमाउन सफल भएकी हुन् । राफाएलाको दूध बडी विल्डिङ गर्ने पुरुषहरुका बीच निकै माग हुने गरेको छ ।
राफएलाले सात महिना पहिला एक बच्चालाई जन्म दिएकी थिइन् । तर उनको दुध धेरै आएपछि उनी समस्यामा परिन् । त्यसपछि उनले बच्चा जन्माएका महिला जो दुधका लागि समस्यामा हुन्छन् उनीहरुका लागि सहयोग गरिनन् ।
तर जब दुधबारे चर्चा चल्यो त्यसपछि शारीरिक फिटनेश गर्ने युवाहरु उनको सम्पर्कमा आए । ति युवालाई उनले दुध बेच्न शुरु गरिन् । राफाएला लाप्रोउले अहिलेसम्म करिब ५०० लिटर दुध बेचेकी छिन् । जसबाट उनले ४५०० पाउन्ड अर्थात ७ लाख २ हजार कमाएकी छिन् ।