बर्दिबास/महोत्तरी गाँउपालिकामा आगो ताप्न बालिएको घुरमा पोलिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी १ पर्सा अधिकारी टोल बस्ने ६५ वर्षका चन्दे यादव रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएका उनी फागुन २८ गते मध्यरातमा घर अगाडि बालिराखेको घुरमा आगो ताप्न गएका थिए । आगो ताप्ने क्रममा घुरबाट यादबको कपडामा आगो सल्केको र उनको पूरै शरीर जलेर गम्भिर घाईते भएका थिए ।
घाइते यादवलाई त्यसै दिन उपचारका लागि जनकपूर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहिबार बिहानै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।