शनिश्चरे/मोरङको पथरीशनिश्चरे १ मा पिकअप भेनको ठक्करबाट एक युवाको ज्यान गएको छ ।
वुधवार साँझ साढे ७ वजेको समयमा पथरीको पश्चिम वस स्टेण्डमा को. २ च नम्वरको पिकअप भेनको ठक्करबाट पथरीशनिश्चरे १ का २८ वर्षीय रणवहादुर देवानको ज्यान गएको हो ।
पूर्वपश्चिम मुख्य सडक पार गर्ने क्रममा रहेका देवानलाई सब्जी बोक्ने सो भेनले ठक्कर दिएको थियो । सख्त घाइते देवानको पथरी हस्पिटलमा उपचारका क्रममा तत्काल ज्यान गएको पथरी प्रहरी प्रमुख विजय श्रेष्ठले जनाए ।