सुर्खेत/ सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुँदा प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउन थाले पनि ग्रामीण क्षेत्रका महिला अहिले पनि घर गोडमै सुत्केरी हुने गरेको छन्।

सुर्खेतमा ३० प्रतिशत महिलाले असुरक्षित रुपमैगोठमा बच्च जन्माउने गरेको पाइएको छ। सरकारले नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर हाल ७० प्रतिशत महिला मात्र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गरेको जनाएको छ। कार्यालयले बाँकी महिला भने असुरक्षितरुपमै घर तथा गोडमा बच्च जन्माउने गरेका छन्। समाजिक अन्धविश्वास र धार्मिक मान्यताका कारण जिल्लामा अहिले पनि घरमै सुत्केरी गराउने संस्कार कायमै छ। आर्थिक वर्ष ०७१/७२ मा गर्भवती भएका ६ हार ८१४ जनामध्ये ५ हजार ५४१ जनाल मात्र स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन्।

यस्तै, ०७३/७४ मा ७ हजार १०२ जनामध्ये १ हजार १७५ जनाले मात्र असुरक्षित रुपमा घर गोठमै बच्चा जन्माएका छन्।