उदयपुर/ उदयपुरको बेलका नगरपालिकाकी एक बालिका बलात्कार गरेको आरोपमा सुनसरी वराह नगरपालिका ८ घर भई बेलका नगरपालिका ९ रामपुरका ६२ वर्षीय सुडिलाल चौधरीलाई पक्राउ गरिएको छ।
स्थानीय पन्ध्र वर्षकी बालिकालाई बेलका बजारमा बलात्कार गरेको आरोपमा शुक्रबार साँझ उनलाई पक्राउ गरिएको हो।
आरोपित चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखि थप अनुसन्धान भई रहेको छ ।