धरान । सुनसरीको इटहरीबाट मंगलबार लागुऔषधसहित एक युवक पक्राउ परेका छन।
पक्राउ पर्नेमा धरान-११ बस्ने दिपेन्द्र लिम्बु र शर्मिल लिम्बु रहेका छन। प्रहरी चौकी तरहराको गस्ती टोलीले साँझ ७ बजे उनीहरुको साथबाट ८८ पिस स्पास्मोप्रोक्सिवन र २० पिस नाइट्रोसन ट्याब्लेट बरामद गरेको छ। दुबैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। उनीहरू लागु अाैषध  विक्री गर्न हिडेकाे अनुमान प्रहरीले गरेकाे छ ।