तेलगु फिल्म इन्डष्ट्रीका चर्चित अभिनेता, जो विना तेलगु फिल्म जगतलाई अधुरो सम्झिने गरिन्छ – महेश बाबू । सन् १९७५ अगष्ट ९ मा चेन्नई, तमिलनाडुमा जन्मिएका उनको फिल्मी सफर बाल्यकालदेखि नै सुरु भएको थियो । तर, उनलाई २००३ मा आएको 'ओकाडू' बाट सफलता मिल्यो, जसमा उनले कबड्डी प्लेयरको भूमिका निर्वाहा गरेका थिए ।
यो फिल्मको सफलतापछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । बरिष्ठ तेलगु अभिनेता कृष्णाका छोरा महेशले सन् १९७९ मा आएको फिल्म 'नीदा' मा एक बाल कलाकारको भूमिका निर्वाहा गरेका थिए । यसपछि उनको ८ फिल्म आयो, जसमा उनले बाल कलाकारकै रुपमा काम गरे । सन् १९९९ मा 'राजकुमरुदु' बाट उनले पहिलो पटक मुख्य अभिनेताको रुपमा अभिनय गरेका थिए, जसका लागि उनले सर्वश्रेष्ट अभिनेताको पुरस्कार हात पारे । महेश बाबुले 'मुरारी', 'ओकाडू', 'अथाडू', 'पोकिरी', 'नेनोक्कडीने', 'श्रीमंथुडु', 'दूकुदु', 'व्यापारी', 'सीतम्मा वकितलो सिरिमले चेत्तु' जस्ता दर्जनौं फिल्ममा काम गरेका छन् । आफ्नो अभिनयद्वारा उनी अहिलेसम्म सात नन्दी पुरस्कार, पाँच फिल्मफेयर पुरस्कार, तीन सिनेमा पुरस्कार, तीन दक्षिण भारतीय अन्तर्राष्ट्रीय पुरस्कार र एक अन्तर्राष्ट्रीय भारतीय फिल्म एकेमेडी पुरस्कारबाट सम्मानित भइसकेका छन् । उनी अभिनेता मात्र होइनन् । उनको आफ्नो 'जी महेश बाबु इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड' नामको कम्पनी छ । उनलाई सबैभन्दा ठूलो चुनौती यो थियो कि उनी फिल्मी ब्याकग्राउन्डबाट थिए । यही कारण उनीमाथी सुरुबाटै आफूले आफूलाई साबित गर्नु पर्ने दबाब थियो । आफ्नो बुबाको नाम बनाइराख्न र आफूले आफूलाई इन्डस्ट्रीमा साबित गर्न महेश बाबुले निकै मिहिनेत गरेका छन् । आफ्नो फिल्म 'वामसी' को सुटिङको क्रममा उनको भेट अभिनेत्री नम्रता शिरोडकरसँग भयो । करीब ४ वर्षसम्म यी दुई रिलेशनसिपमा रहे । यसपछि उनीहरुले विवाह गर्ने फैसला लिए । अन्ततः सन् २००५ मा महेश र नम्रता बैबाहिक जीवनमा बाँधिए । यी दुईको एक छोरा र एक छोरी छन् । छोराको नाम गौतम कृष्णा र छोरीको नाम सितारा हो । महेश बाबू एक फिल्मका लागि करीब १८ देखि २० करोडसम्म पारिश्रमिक लिने गर्छन् । उनी करीब १२७ करोडको प्रोपर्टीका मालिक हुन् । आकर्षक कार कलेक्सन पनि रहेको उनको हैदराबादमा एक लग्जरी महल छ, जसको मूल्य अहिलेको अवस्थामा करीब ११ करोड भारतीय रुपैयाँ पर्छ ।