विराटनगर । राष्ट्रिय बाणिज्य बैंक सुख्खा बन्दरगाहा रानी विराटनगरमा भएको १० करोडको बैंक घोटला प्रकरणमा आवश्यक अनुसन्धानमा सहयोग पुर्याउन ४६ वटा उद्ययोगलाई कारोबार भुक्तानिको विवरण बुझाउन प्रहरीले पत्रचार गरेको छ ।

विराटनगर भन्सार कार्यालयमा बुझाउनु पर्ने राजश्व हिनामिना प्रकरणमा मोरङ–सुनसरी औद्योगिक करिडोरसहित पर्सा र काठमाण्डौका उद्योगहरुलाई समेत अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले कारोबारको बिवरण पठाउन पत्रचार गरेको मोरङ प्ररीले जनाएको छ ।

भन्सार एजेन्ट ललित बोहराको सुरेश क्लियरिङ्ग एण्ड फरवार्डिङ्ग सर्भिसले यी जिल्लाको उद्योगका भन्सार क्लियरिङ्ग गर्दा बुझाउनु पर्ने राजश्व ठगीमा बैंकसँग मिलेमतो गरेको विषय जटिल बन्दै गएपछि अनुसन्धानको दायरलाई फराकिलो पार्ने र प्रमाण जुटाउन सहयोग पु¥याउन ४६ वटा उद्योगको कारोबार गरेको बिवरण प्रहरीलाई बुझाइ दिन आग्रह अनुरुप माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुणकुमार विसीले बताए । ‘कारोबार गरेको विवरण बुझाउन पत्रचार गरेका छौें,’ उनले भने, ‘अहिले ४ वटा उद्योगले कारोबार भएको विवरण बुझाएका छन् ।’ प्रहरीले विवरण बुझाए र पत्रचार गरेको उद्योगको नाम भने सर्वाजनिक गर्न चाहेको छैन् ।

राष्ट्रिय वाणिज्य बैंक विराटनगर निमित्त प्रबन्धक राजेश डंगोलको जाहेरीका आधारमा बैंकको रानीस्थित भन्सार शाखाको सुख्खा बन्दरगाहामा कार्यरत वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउत, सुरेश क्यिलयरिङ एण्ड फरवार्डिङ सर्भिसका प्रोपाइटर विराटनगर ७ सातघुम्तिीका ४६ वर्षिय सुरेश बोहरा र प्रतिनिधि ललित बोहरालाई बैंक तथा वित्तिय संस्था ठगी गरेको आरोपमा बैकिङ कसुसर अन्तर्गत कारवाहीको माग गर्दै जाहेरी दर्ता भएको थियो । प्रहरीमा जाहेरी दर्ता परेको दिन बैंकका वरिष्ठ साहयक राउत र बैंकका प्रमुख विष्णु प्रसाद निरौला मंगलबार साझ पक्राउ परेका छन् भने भन्सार एजेन्ट सुरेश र ललित फरार छन् ।

बैंक घोटला प्रकरण ९ करोड ६१ लाख ५५ हजार देखिएपछि भन्सार एजेन्ट बोहराको कम्पनीमार्फत कारोबार गर्ने सबै ४६ वटै उद्योगीलाई एकै पटक अनुसन्धानको दायरालाई फराकिलो पार्न पत्रचार गरेको एसपी बिसीले बताए । ‘मुद्दलाई थप स्ट्रोङ पार्न परी अनुसन्धानको दायरालाई फराकिलो पार्न मात्र पत्रचार गरेका हौं,’ यस विषयमा उद्योगी आतिनुपर्ने अवस्थै छैन् ।’ बिसीले व्यवसायीलाई हतोत्साही बनाउने नभइकन मुद्धालाई दरिलो बनाउन सहयोग गर्न आग्रह समेत गरे ।

अनुसन्धानमा सहयोग गर्नका लागि साउनदेखि आयात तथा निर्यात गरेको बस्तुको विवरण, वस्तु आयात निर्यातमा भन्सारमा दाखिला गरेको राजश्व विवरण खुल्ने बैंक स्टेटमेन्ट तथा चेकको प्रमाणितप्रति भए त्यो बुझाउन लिखित पत्राचार प्रहरीले गरेको हो ।

पक्राउ परेका प्रमुख र सहायकलाई बैकिङ कुसरमा मुद्दा

बैंकमा भएको दश करोडको बैंक घोटला प्रकरणमा पक्राउ परेका बैंक २ जना कर्मचारीलाई प्रहरीले मुद्दा चलाएको छ ।

मोरङ प्रहरीले घटना अनुसन्धानका क्रममा पक्राउ परेका राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय प्रमुख विष्णुप्रसाद निरौला र बैंक काउन्टरका इन्चार्ज बरिष्ठ साहयक तोर्णराज राउतलाई विरुद्ध बैंकिङ कसुर र सजाय ऐन २०६४ बोमोजिम मुद्दा चलाएर थप अनुसन्धान अघि बढाइएको हो ।

बैंकका प्रमुखलाई मंगलबार साझ पक्राउ गरेका हो भने राउतलाई यही फागुन २ गते पक्राउ गरिएको उनीहरुलाई मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको थियो ।

पक्राउ परेका कर्मचारीलाई मुद्दा चलाइ म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

भन्सारको ९ करोड ६१ लख ५५ हजार रुपैयाँ अपचलनमा भन्सार एजेन्ट सुरेश बोहरा र ललित बोहरासंग मिलेमतोको पुष्टि भएपछि बैंक कर्मचारीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । राजश्व भन्सारको खातामा दाखिला हुनु पर्नेमा राजश्व दाखिला नगरेको पुष्टि भएपछि एजेन्ट बोहरा दाजुभाई अहिले फरार छन् । उनीहरुको तब्रि खोजी कार्य भइरहेको एसपी बिसीले बताए ।

भारत र तेस्रो मुलुकबाट आयात भएका सामान जाँचपासका क्रममा बाणिज्य बैंकका कर्मचारीले भन्सार क्लियरेन्स रिसिप्ट भन्सार एजेन्टलाई दिएको र एजेन्टले बैंकका कर्मचारीलाई उपलब्ध गराएको चेकमा पर्याप्त रकम रहेको नभएको पाइएको छ । एजेन्टले विभिन्न बैंकको चेक दिए पनि खातामा पर्याप्त रकम छ की छैन्न भन्ने विषयमा नबुझिकन बाणिज्य बैंकका कर्मचारीले एजेन्टलाई क्लियरेन्स रिसिप्ट दिएका कारण घटनामा बैंकका कर्मचारीको संलग्नता पुष्टि भएको एसपी बिसीले बताए । एजेन्टले नविल, सिटिजन, एबिआई, सिद्धार्थ, नेपाल बंगलादेश बैंकको गरेर आठवटा एकान्ट पेयी चेक बाणिज्य बैंकमा बुझाएका थिए । तर एजेन्टको खातामा पर्याप्त रकम नभएको पाइएको थियो । गुड फर पेइमेन्ट चेक वा मेनेजर चेकका आधारमा मात्रै कारोवार हुने नियम छ ।