झापा/ झापाको काकडभिट्टाबाट शनिबार खैरो हिरोईनसहित दुई जना पक्राउ परेका छन् ।

उदयपुर त्रियुगा नगरपालिका १२ बस्ने २२ वर्षीय सन्तोष नेपाललाई आठ सय मिलिग्राम खैरो हिरोईनसहित लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोली शनिबार दिउँसो १ बजे मेचीनगर नगरपालिका ६ मेची पुलबाट पक्राउ गरेका हुन् ।

त्यसैगरी सोही टोलीले अपरान्ह ४ बजे मेचीनगर नगरपालिका ६ हिकोला मोडबाट मेचीनगर नगरपालिका १५ बस्न १९ वर्षीय भुवन सुब्बालाई पनि चार सय मिलिग्राम खैरो हिरोईनसहित पक्राउ परेका छन।

दुबै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।