काठमाडौं/ महानगरीय अपराध महाशाखाले आफ्नै साथीको हत्या गरी फरार भएका एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौको मुलपानी क्रिक्रेट मैदान नजिकै प्रेम खड्का भन्ने राजन कटवालले सिन्धुलीका सानु मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
मगर र खड्काबीच एक महिनादेखि चिनजान भई सँगै काम गर्ने गरेको प्रहरी महाशाखाले जनाएको छ ।
मगर र खड्काबीच माघ २३ गते विवाद भएपछि खड्काले चिरपटले हानेर हत्यापछि फरार भएका थिए ।
फरार खड्कालाई घटनाको भोलिपल्ट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरी कारवाहीका लागि महानगरीय प्रहरी बृत्त बौद्ध पठाएको जनाएको छ ।
राताेपाटीबाट