धरान/राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद् सदस्य विष्णु थाम्देनमाथि सांघातिक आक्रमण भएको छ । थाम्देनलाई सोमबार साँझतिर अज्ञात समूहले सांघातिक आक्रमण गरेको हो । उनलाई धरान–९ सब्जीमण्डीस्थित आफ्नै व्यवसायिक पसल नजिकै अज्ञातसमूहले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले बताए । थाम्देनको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पार्टीले उक्त घटनामा संलग्न समूहलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनसमेत प्रहरीसमक्ष माग गरेको छ । पार्टीले उक्त समूहलाई कडा भन्दा कडठा कारबाही गर्नसमेत माग गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले कल डिटेलको आधारमा उक्त समूहको खोजी कार्य जारी रहेको बताए ।