
तस्बिरः ब्लाष्ट[/caption] इन्द्रबहादुर कटुवालको घरमा पहिलो पटक यस्तो खाल्को बाच्छी जन्मिएको हो । दुईवटा मुख भएको बाच्छी जन्मिएपछि अहिले बाच्छी हेर्न मानिसहरुको भिड लाग्न थालेको छ । बाच्छी सामान्य नै रहेको इन्द्रबहादुरको छोरा जीवन कटुवालले बताए । उनका अनुसार बाच्छीको दुईवटा जिब्रो र ३ वटा आँखा छन् । ‘नियालेर हेर्दा ४ वटा आँखो देखिन्छ ।’ उनले भने, ‘सबैले अचम्म मान्दै हेर्नेहरुको भीड लागेको छ ।’ शनिबार बिहान १० बजे बाच्छी जन्मिएको हो । उनका अनुसार १५–२० वर्षदेखि गाईपालन गरिरहेको भए पनि यस्तो खाल्को बाच्छी जन्मिएको पहिलो हो । अहिले उक्त बाच्छीलाई दुधदानी मार्फत् दुध खुवाउने कार्य भइरहेको छ ।