पर्वत/बैदेशिक रोजगारका शिलशिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अबैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजुलाई पर्वत जिल्ला अदालतले जेल सजाय सुनाएको छ । ०७३ कार्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस ६ हाल फलेवास नगरपालिका ९ कुर्घाकी मिना क्षेत्रीले आफ्नै देवर नाता पर्ने विजयराज क्षेत्रीसँगको अबैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् । सोही मुद्धा उपर लामो समयको अनुसन्धान पश्चात् ०७४ माघ ११ गते पर्वत जिल्ला अदालतका जिल्ला न्यायधिश ध्रवप्रसाद सापकोटाको इजलासले दुवैलाई जेल सजाय हुने गरी फैसला गरेको हो । मूलूकी ऐन ज्यान सम्बन्धि महलको १३ ९३० बमोजिम अभियोग ठहरिएपछि शिशु हत्या गर्ने मिना क्षेत्रीलाई सर्वस्वसहित जन्म जेल र विजयराजलाई २० बर्ष जन्म जेलको फैसला गरेको हो । ३१ वर्षीय मिना क्षेत्री र विजयराज क्षेत्री एकाघरका देवर भाउजु हुन् । मिनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । मिनाका श्रीमान् कुलबहादुर क्षेत्रीले हाड नाता र कर्तव्य ज्यान अन्तर्गत दुवैलाई सजायको माग गर्दै जिल्ला अदालतमा ०७३ मंसिर ९ गते मुद्धा दर्ता गराएको थियो ।

उज्यालाेअनलाइन