सुनसरी/ अदालतबाट कुटपिट मुद्दामा ६ महिना कैद तथा दुई हजार जरिवाना भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी शुक्रबार फैसला कार्यान्वयनकालागि कारागार पठाईएको छ।

सुनसरी हरिपुर १ बस्ने ३७ वर्षीय लक्ष्मी साहुलाई प्रहरीले पक्राउ गरेको हो।

कैद सजाय भएसंगै फरार रहेका साहुलाई प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले विहिबार साँझ उनकै घर वतनबाट पक्राउ गरी शुक्रबार झुम्का कारागार पुर्‍याईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यसैगरी प्रहरीले सुनसरीको कोशी गाउँपालिका ८ स्थित तिनकुनेबाट शुक्रबार ५६ हजार ५ सय मूल्य बराबरको भन्सार छली गरी ल्याएको रेडिमेड कपडा बरामद गरी सेतुबन्ध भन्सार कार्यालयमा बुझाएको छ।