विराटनगर/ मोरङ र सुनसरी जिल्लाबाट शुक्रबार साँझ लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विराटनगर १२ बस्ने १८ वर्षीय केशव कामत, २२ वर्षीय सुवकलाल मोची, २६ वर्षीय आशिष हमाल, सिन्धुली दुधौली ८ बस्ने २४ वर्षीय विवेक हमाल रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सादा पोशाको टोलीले साँझ ६ बजे विराटनगर-४ स्थित एयरपोर्ट मोडबाट मा जिप्रका मोरङबाट खटिएको साधापोसाकको टोलीले ३०० (तीनसय) एम्पुल टिडिजेसिक ईन्जेक्सनसहित पक्राउ गरेको हो।

चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भई रहेको छ।

यसैगरी वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले साँझ ७ बजे धरान उप महानगरपालिका २ निकेत स्कुल नजिकबाट धरान-१३ बस्ने २४ वर्षीय सुवास तामाङलाई १५० एम्पुल टिडिजेसिकसहित पक्राउ गरेको छ।

तामाङलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।