जितपुर/अत्यधिक चिसोका कारण कपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ ।
अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर कपिलवस्तु नगरपालिका–६ सौरहवा निवासी ६५ वर्षीय वृज मोहन थारुको मृत्यु भएको हो । आफ्नै घरमा सुतेका थारुको कठ्याङ्ग्रिएर ज्यान गएको वडा प्रहरी कार्यालय तौलिहवाका प्रहरी नायब निरीक्षक सन्त पछाइले जानकारी दिए ।
योसँगै कपिलवस्तुमा चिसोका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।