बिर्तामोड/ श्रीमती शान्ति टुडूको हत्या आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका–९ निवासी ४६ वर्षीय देवान टुडूलाई पक्राउ गरेको छ । पुस २२ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा टुडूलाई मंगलवार सैनिकमोडबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पक्राउ परेका टुडूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

पूर्वेलिन्यूजबाट