रौतहट/ रौतहटमा छोरीलाई अपहेलना गरेको भन्दै माईतीपक्षले ज्वाईको घरबाट दाईजो फिर्ता लिएका छन् ।
गत बैशाख १७ गते विवाह गरेकी सिराहा जिल्ला गोलबजार नगरपालिका वडा नं ७ निवासी विष्णुकुमार बराल विकको छोरी राधिका बराल विकको रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नं ५ का नारायणबहादुर कामीका छोरा शाहील वि।क।सँग मागी विवाह भए पनि छोरीलाई हेंला गरेको भन्दै दाईजो फिर्ता लगेको हो ।
काठमाडौंस्थित एक ईन्जिनियरिङ्ग कलेजमा स्नातक तहमा अध्ययनरत शाहील विकसँग मागी विवाह गरेकी युवतीलाई विवाह पश्चात श्रीमानले वास्ता नगरेको भन्दै युवतीको माईती पक्षले दाईजो फिर्ता लगेका हुन् । विवाहमा दिइएको मोटरसाईकल, दराज, पलङ्ग, सुनका गरगहना, उपहारमा आएका गाग्री, भाँडा कुँडालगायत सबै सामान फिर्ता लानुका साथै कानुन बमोजिम सम्बन्ध विच्छेद गर्ने माईतीपक्षले जनाएका छन् ।