इटहरी । उत्पादकले निर्माण सामाग्रीमा प्रयोग आउने रड  र सिमेन्टको मूल्य विनाकारण बढाएको भन्दै इटहरीका हार्डवयेर व्यवसायीले विरोध गरेका छन् । सोमबार उद्योग वाणिज्य संघ इटहरीका पदाधिकारी सहित इटहरीका हार्डवयेर व्यवसायीले पत्रकार सम्मेलन गरी मूल्य वृद्धीको विरोध गरेका हुन् । उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टका अनुसार पछिल्लो १३ दिनमा सिमेन्टमा प्रति बोरा एक सय ५० रुपैयाँदेखि दुई सय रुपैयाँ सम्म मूल्य वृद्धी गरिएको छ । तर, यति वेला मूल्य वृद्धी हुनुको कारण केही नभएको भन्दै व्यवसायीले विरोध गरेका हुन् । पत्रकार सम्मेलनमा हार्ड वयेर व्यवसायी भोला निरौला, तारा कटुवाललगायतले सिमेन्ट उद्योगले अनाश्यक मूल्य वृद्धी गरेर व्यवसायीलाई समस्यामा पारेको बताए । व्यवसायीका अनुसार ६ सय ५० रुपैयाँ पर्ने सिमेन्ट ८ सय ५० र ७ सय ५० रुपैयाँ बोरा पर्ने सिमेन्ट एक हजार रुपैयाँमा पु¥याइएको छ । यस्तै छडको मुल्य प्रति केजी १० रुपैयाँ वृद्धी गरिएको उनीहरुले बताए । अप्राकृतिक रुपमा दैनिक जसो मूल्य बढाउँदै लगेको भन्दै व्यवसायीहकरुले यो मूल्य फिर्ता लिन आग्रह गरेका छन् ।

निर्माण समाग्रीमा अत्यावश्यक छड र सिमेन्ट उद्योगले मूल्य बढाउनुका कारण खोज्दै व्यवसायीहकरुले कच्चा पदार्थको कारण मूल्य वृद्धी गरिएको सरकारले सहज वातावरण बनाउन पनि व्यवसायीहरुले माग गरेका छन् ।