जर्वजस्ती करणी गरेको अभियोगमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने निरज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले गएराति नेपालगंज उपमहानगरपालिका–३ स्थित सिग्नेट होटलको कोठा नं. ३०५ मा बसेकी बर्दिया बासगढी नगरपालिका–६ घर भएकी १९ बर्षीया युवतीलाई जवरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धानको लागि सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने मनोज भारतीलाई समेत नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।