शनिश्चरे/झापाको कमल गाँउपालिका ५ स्थित पाँडाजुगीमा सेफ्टी टयाङ्की बनाउने क्रममा इट्टाले लागेर शुक्रबार एक भारतीय नागरिकको ज्यान गएको छ ।

स्थानीय हेमराज कार्कीको घरको सेफ्टी टयांकी बनाउने क्रममा इँटाले लागेर विहान करिब ८ बजे भारत घर भएका अन्दाजी ४५ वर्षका राजानन्द सरदारको ज्यान गएको दमक प्रहरीले जनाएको छ ।

इँटाले टाउकोमा लागेर सख्त घाइते सरदारको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारकै क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।