शनिश्चरे/ झापाका पत्रकारहरुको साझा संस्थाका रुपमा रहेको पत्रकार मञ्च दमकको शनिवार चौथो अधिवेशन हुने भएको छ ।

स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको सन्दर्भले समेत साधारणसभा हुन केही ढिलो भएको अवस्थामा यसबेला चुनावी अधिवेशन हुन लागेको अध्यक्ष विष्णु पोखरेलले जनाए ।

मञ्चको अध्यक्षका लागि प्रेस चौतारी र प्रेस सेन्टरले साझा उम्मेदवारका रुपमा कृष्ण कार्कीलाई अघि सार्दैछन् भनें प्रेस युनियनका तर्फबाट विष्णु सुब्बा प्रतिष्पर्धी बन्ने देखिएको छ । मञ्चमा ५० जना सदस्य रहेका छन् ।